निर्देशक दिवाकर भट्टराईले ‘तिमीसँगै हुने मन छ’मा अभिनेता रविन्द्र झा अनुबन्ध गरेका छन् ।
पछिल्लो समय एकपछि अर्को सिनेमा गर्दै आएका झालाई राम्रो पारिश्रमिक दिएर रविन्द्रलाई अनुबन्धित गरिएको निर्देशक भट्टराईले बताएका छन् ।
अभिनेता झाको विशेष भुमिकाले सिनेमालाई थप उचाईमा पुराउने विश्वास निर्देशक भट्टराईले व्यक्त गरे ।
उनले अगाडी भने, ‘रविन्द्र जी हाम्रो स्क्रिप्टका लागि फिट कलाकार हो, मुख्य कलाकारहरुमध्ये एक विशेष भूमिकामा उहाँको अभिनय देख्न सकिनेछ ।’
ओम नम शिवाय प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमाको अधिकांश छायाँकन पोखरामा हुनेछ । दशैँपछि फ्लोरमा जाने सिनेमामा नयाँ तथा पुराना कलाकारको समिश्रण रहने निर्देशक भट्टराईले बताए ।
सिनेमा प्रेमकथामा आधारित हुनेछ।