व्यङ्ग्यात्मक देउसी भैलोका लागि लोकप्रिय 'सिस्नुपानी नेपाल'ले प्रवासमा रहेर श्रम गर्ने नेपालीहरूप्रति समर्पित आफ्नो कार्यक्रम 'दुई थोपा हाँसो' लिएर दक्षिण कोरिया जाने भएको छ।
मुलुक, समाज र परिवारसँग अलग भएर वर्षौँदेखि परदेशमा परिश्रम गरेर देशलाई आर्थिक टेवा प्रदान गरिरहेका श्रमिकहरूलाई प्रत्यक्ष भेटेर नेपाली जनताको सद्भावना सन्देशलाई सम्प्रेषण गर्नका लागि दक्षिण कोरिया जान लागेको सिस्नुपानीले जनाएको छ।
सिस्नुपानी नेपालले असोज ११ देखि २० गतेसम्म दक्षिण कोरियाका ३ स्थानमा कार्यक्रम गर्न लागेको छ।
उनीहरूले असोज १२ गते दक्षिण कोरियाको राजधानी र असोज १९ गते बुसान र जुजु आइस्ल्याण्डमा कार्यक्रम प्रस्तुत गर्नेछन्।
कोरियामा सिस्नुपानीका लागि मनोज गजुरेल, लक्ष्मण गाम्नागे, अर्जुन पराजुली, कमलीकान्त भेटुवाल, सरोज घिमिरे तथा टंक आचार्यले आआफ्नो प्रस्तुति दिनेछन्।
सिस्नुपानीले यसअघि युएइमा तिनपटक र कतार, ओमान, बहराइन र मलेसियामा यो कार्यक्रम सम्पन्न गरिसकेको छ।