पर्वत जिल्लाका कलाकारहरुको साझा संगठन ‘पर्वत कलाकार समाज नेपाल’ले राजधानीमा सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ।
विजया दशमी २०७६ को अवसरमा यही असोज १६ गते काठमाडौंको राष्ट्रिय सभागृहमा ‘पर्वत संगीत साँझ’ आयोजना हुने भएको हो।
कार्यक्रमबाट २० लाख रुपैयाँको अक्षयकोष स्थापना गरिनेछ ।
‘कसैलाई पनि दु:ख पर्दा समस्या नहोस् भनेर अक्षयकोष स्थापना गर्न लागिएको हो’ समाजका कोषाध्यक्ष कुमार केसीले भने।
दिउँसो २:३० बजेबाट शुरु हुने कार्यक्रममा पर्वतका चर्चित कलाकारहरु बिमलराज क्षेत्री, कुलेन्द्र बिश्वकर्मा, कस्तुप पन्त, अमृत क्षेत्री, कृष्ण समीप सुवेदी, याम क्षेत्री, प्रल्हाद सुवेदी, कुमार केसी लगायत काठमाण्डौ तथा मोफसलमा रहने पर्वते कलाकारहरुले प्रस्तुती दिनेछन् भने अतिथी कलाकारको रुपमा चर्चित लोक गायिकाहरु शर्मिला गुरुङ्ग र देवि घर्तीको पनि प्रस्तुति रहनेछ ।
उक्त कार्यक्रममा गायकद्वय कुलेन्द्र बिश्वकर्मा र अमृत क्षेत्रीलाई सम्मान गरिने जनाईएको छ ।
उक्त कार्यक्रममा प्रवेश निःशुल्क गरिएको आयोजकले जनाएको छ ।