'जात्रा' सिरिजका निर्देशक प्रदिप भट्टराई तथा निर्माता-कलाकार रविन्द्र सिंह बानियाँले निर्माण गर्ने नयाँ सिनेमामा चर्चित हाँस्य कलाकार जोडी मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले प्रमुख भूमिकामा अभिनय गर्ने भएका छन्।
हाल सिनेमा स्क्रिप्टमा काम हुँदैछ। रिलिजका लागि निर्माण समूहले आगामी वर्षको दशैं छानेको छ।
सिनेमाका लागि मह जोडी तय भएको निर्माण कम्पनी षट्कोण आर्टस्ले जनाएपनि सिनेमाको नाम भने तय भएको छैन्। स्क्रिप्टले अन्तिम रूप पाउने बित्तिकै सिनेमाको नाम तय बताइएको छ।
प्रदीपले यसअघि मह संचारको नाममा निर्माण भएको 'शत्रु गते'मा मह जोडीलाऐ एक्सन-कट गरिसकेका छन्। सिनेमा वक्सअफिसमा ब्लकबस्टर सावित भएको थियो।