नेपाल चलचित्र निर्माता संघको आयोजनामा यही २१ कार्तिकदेखि २३ सम्म ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव–२०७६’ सम्पन्न हुने भएको छ।
प्रदेश नम्बर २ को विरगंजमा आयोजना हुने महोत्सवले त्यहाँका जनतासँग सिनेमाको आत्मियता बढाउने आयोजकले विश्वास लिएको छ।
उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणाको प्रमुख आतिथ्यमा घोषणा गरिएको समारोहमा चलचित्र कलाकार संघको अध्यक्ष रविन्द्र खड्का, निर्माता माधव वाग्ले, कलाकार दीपकराज गिरी, सुनिल कटुवाल र अन्य थुप्रै संघ संस्थाको पदाधिकारीको उपस्थिति थियो।
तीन दिने महोत्सवमा सिनेकर्मी, वितरक, प्रदर्शक र पत्रकारको बाक्लो उपस्थिति रहने बताइएको छ। नेपालसँगै भारतबाट पनि कलाकार, लेखक, छायाँकारलाई अतिथिको रुपमा भित्र्याइने संघले जानकारी दिएको छ।
सात वटै प्रदेशमा वर्षै पिच्छे आयोजना हुने महोत्सवको मुख्य उद्येश्य राष्ट्रिय, अन्तराष्ट्रिय स्तरका उद्योगपति, व्यवसायीहरु र सिनेमा क्षेत्र बिचको दुरी कम गराइ सिनेमा उद्योग प्रति लगानीमा आकर्षण बढाउनु हो।