कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनले नेपाली र अफ्रिकाको चलचित्र संस्कृति आदनप्रदानको लागि हरेक वर्ष ‘नेपाल अफ्रिका चलचित्र महोत्वब’ आयोजना गर्दै आएको छ।
यसै क्रममा कात्तिकको तेश्रो सातामा सातौं संस्करणको ‘नेपाल अफ्रिका चलचित्र महोत्सव–२०१९’ आयोजना हुने भएको छ।
महोत्सव तीन दिनसम्म आयोजना हुने महोत्सव अध्यक्ष एवम् कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनकी अध्यक्ष मञ्ज मिश्रले बताएकी छिन्।
काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा १६ कात्तिक देखि १८ कात्तिकसम्म महोत्सव चल्नेछ।
महोत्सवमा यसपटक नेपाल र अफ्रिका गरेर महोत्सवका लागि कुल २५ वटा लामा र छोटा चलचित्र, बृत्तचित्र एवम् कार्टु फिल्म देखाइनेछ जसमा १३ वटा नेपाली र १२ वटा अफ्रिकाका विभिन्न देशका सिनेमा देखाइनेछ।
यसपटक अफ्रिकाको नाइजेरिया, केन्या, घाना, साउथ अफ्रिका, जिम्बाबे, सेनेगल, मालवी, इजिप्टी-नर्वे-जर्मनी र बेलायतका सिनेमा रहेका छन्।
यसरी महोत्सबमा नेपाल सहित १२ देशका फिल्महरु प्रदर्शन गरिने भएको छ।