आर्यन सिग्देल तथा मिरूना स्टारर सिनेमा ‘च च हुई’को ट्रेलर रिलिज भएको छ।
दुई बेकामी युवाको जीवनमा एउटा किताबले ल्याउने उतारचढाव बोकेको सिनेमा रोमान्टिक-कमेडी जनरामा राखिएको छ।
सिनेमामा आर्यन र मिरूनाका अलावा भोलराज सापकोटार माओत्से गुरुङको मूख्य भूमिका रहेको छ। हङकङमा काम गरेर फर्किएका दुई युवकको भूमिका आर्यन र भोलाराजले निर्वाह गरेका छन भने मीरुनालाई हिमाली भेगकी युवतीको रुपमा देख्न सकिन्छ।
जीवनको पिङमा ‘च च हुई’ गरेर मच्चिन खोज्दा आउने अवस्थालाई सिनेमाले छर्लंग पार्ने निर्देशक तथा सम्पादक साम्तेन भुटियाले बताए। लभर व्वायको भूमिकामा सफलता हात पारेका आर्यन यसपटक कमेडीमा देखा परेका छन्।
सिजन दाहाल र संदेश अर्यालले लेखेको पटकथामा सुशन प्रजापतिले छायाँकन, श्री श्रेष्ठले द्वन्द्व, शिशिर खातीले कोरियोग्राफी र राजनराज सिवाकोटी/रोशन थापाले संगीतको काम गरेका छन् ।
सिनेमा ६ मंसिर गते रिलिज हुनेछ।