शुक्रबार रिलिज हुने सिनेमा ‘घामड शेरे’ले सामाजिक संजालमा बनेका ट्रोलप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै त्यसप्रति आफ्नो कुनै समर्थन नरहेको जनाएको छ।
बुधबार राजधानीमा आकस्मिक पत्रकार सम्मेलन गर्दै सिनेमा निर्माण पक्षले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई आफ्नो सिनेमाको नामसँग जोडेर बनाइएको ट्रोलमा सिनेमाको कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ।
सिनेमा निर्माण कम्पनी बिसी मोसन पिक्चर्सले कथाको मुख्य पात्र शेरेको चरित्र, व्यवहार र कार्यशैलीसमेत राजनीतिक व्यक्तित्वसँग मेल नखाने बताएको छ।
यसका साथै कम्पनीले राजनीतिक क्षेत्रका अग्रज व्यक्तित्वहरुमा पर्न गएको असर र असुविधा प्रति पनि माफी मागेको छ। उसले सामाजिक संजाल प्रयोगकर्तालाई यस्तो काम नगर्न पनि आग्रह गरिएको छ।
हेमराज बिसीको लेखन, निर्देशन र कथामा निर्माण भएको सिनेमामा निश्चल बस्नेत, स्वस्तिमा खड्का, सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याललगायतका कलाकारको अभिनय छ।
केही दिनअगडी अभिनेता आसिफ शाहले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको तस्वीरसँग जोडेर सिनेमाको सफलतालप कामना गरेका थिए।
उनको सो पोस्टका कारण नेपाली कांग्रेसको भातृ संगठन तरूण दलले आपत्ति प्रकट गर्दै विरोध गरेको थियो।