'चपली हाईट ३'को शुभसाइत गरिएको छ।
मंगलबार कार्यविनायक मन्दिरमा पूजा गरेर सिनेमाको शुभ-साइत गरिएको हो।
निकेश खड्काको निर्देशनमा बन्ने सिनेमामा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र प्रतिक श्रेष्ठको मुख्य भूमिका छ।
महेश र प्रतिकको यो डेब्यू सिनेमा हुनेछ।
मंसीर ५ गतेदेखि छायांकनमा जाने सिनेमाको लागि अभिनेत्री स्वस्तिमा खड्काले भूमिकालाई लिएर दोधार व्यक्त गरिन ।
'भूमिकाको लागि म पुरै तयारी भएकी छैन। छायाँकनमा जाँदासम्म तयार सबै कुराले गति लिन्छ होला', स्वस्तिमाले भनिन्।
त्यसैगरी अर्की अभिनेत्री सुपुष्पाले कथामा पाएको भूमिका गर्न पाउँदा आफू उत्साहित भइरहेको बताइन्।