‘आफ्नो संस्कृति, आफ्नो पहिचान’ नारासहित बुधबारदेखि यहाँ अन्तर्राष्ट्रिय नाट्य एवं लोककला महोत्सव सुरु भएको छ।
विजयलक्ष्मी मिडिया फाउन्डेशन र सोच नेपालद्वारा आयोजित सो महोत्सवमा नेपाल र भारतका नाट्य संस्था एवं लोक कलाकर्मीको सहभागिता रहेको छ।
महोत्सवमा भारतको कोलकोता, जलपाइगुडी, हैदराबाद, मुजबफरपुर र सिद्धि एवं नेपालको मिथिला कला नाट्य परिषद्, सोच नेपाल, रङ्ग दर्पण नाट्य संस्था तथा सन्तोषलाल दास, रामेश्वर साह, रितेश पाटिल लगायतका कलाकारको प्रस्तुति हुने जनाइएको छ।
महोत्सवमा जानकी लीला (मैथिली), एक गदहे कि आत्मकथा (हिन्दी), तलाक (मैथिली), मेरा घर (हिन्दी), हम नेपालमे चुनाव लड्य चाहैत छी ( मैथिली) लगायतका नाटक र सांस्कृतिक कार्यक्रम हुनेछ। महोत्सव तीन दिनसम्म चल्नेछ।