मानव तस्करीको कथामा निर्माण गरिएको 'फाइट अफ फ्यूरी'को ट्रेलर सार्वजनिक भएको छ।
सिनेमालाई अमेरिकामा बसेर मार्शल आर्ट सिकाउँदै आएका नेपालका सन्नी बिले लेखन, निर्माण तथा निर्देशन गरेका हुन्।
सिनेमामा सन्नी नै मुख्य भूमिकामा देखिएका छन्। उनका अलावा सिनेमामा जोसेफ ली, कार्ल भेन मिटेर लगायत कलाकारको अभिनय रहेको छ।
ओरल्यान्डो गुइटीरेजले छायांकन गरेको सिनेमालाई अमृत नेपालले सम्पादन गरेका हुन्। सिनेमा अगामी वर्ष रिलिज हुनेछ।
सन्नीले यसअघि मार्सल आर्टमा आधारित भएर 'गोर्खा रक्षक' सिनेमा बनाएका थिए।