‘नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)’लले आयोजना गर्दै आएको नेफ्टा अवार्डको दशौँ संस्करणको काठमाडौंमा हुने भएको छ।
सोमबार राजधानीमा आयोजित एक प्रेसमिटका बीच आयोजकले यसपटक अवार्ड राजधानीमा गर्न लागेको जानकारी दिएका हुन्।
यसअघिका चार संस्करण भने देशबाहिर गरिएको थियो।
चैत १५ गते राजधानीको टुँडिखेलमा अवार्ड भव्य रुपमा सम्पन्न गरिने जानकारी अध्यक्ष पुस्कर लामाले दिएका छन्।
‘अघिल्ला केहि संस्करण विदेशमा आयोजना गरिएपनि यसपटक ‘नेपाल भ्रमण वर्ष – २०२०’लाई सहयोग पुर्याउने हेतुले अवार्ड नेपालमै गर्न लागेका हौँ ’, अध्यक्ष लामाले भने।
नेफ्टा आयोजनाको लागि यसपटक ‘ड्रिम हाइ नेपाल’सँग सहकार्य गर्दैछ।
‘ड्रिम हाइ नेपाल’ले देशमा थुप्रै ठुला कन्सर्ट र कार्यक्रम आयोजना गरिसकेको छ । पछिल्लो दुई वर्ष अवार्डले निरन्तरता पाएको थिएन।