तेलुगुको सिनेमा ‘अर्जुन रेड्डी’को आधिकारिक नेपाली रिमेक बन्ने भएको छ।
नेपाली सिनेमा कम्पनी युवा फिल्मस्ले ‘अर्जुन रेड्डी’ निर्माण कम्पनी भद्रकाली पिक्चर्ससँग नेपाली संस्करणको निर्माणको अनुमति लिएपछि रिमेक पक्का भएको हो।
भद्रकाली पिक्चर्सका प्रणय रेड्डी र युवा फिल्मस्का केशव खड्का बीच अमेरिकामा निर्माण सम्झौताको लागि हस्ताक्षर भएको आशिष श्रेष्ठले जानकारी दिएका छन्।
५ करोड भारुमा बनेको सन्दीप भंगा निर्देशित ‘अर्जुन रेड्डी’ले तेलुगु भर्सनमा ५१ करोड कमाएको थियो भने गत वर्ष रिलिज भएको यसको हिन्दी संस्करणले २ सय ७८ करोड भारु कमाइ गरेको थियो। तेलेगु सिनेमामा विजय देवराकोन्डाले शीर्ष भूमिका निर्वाह गरेका थिए भने हिन्दी संस्करणमा निर्मित ‘कबिर सिंह’मा शाहिद कपुरले अभिनय गरेका थिए।
शाहिद स्टारर हिन्दी भर्सन ६० करोडको बजेटमा निर्माण भएको थियो ।
तेलुगु र हिन्दी भर्सन ब्लकबस्टर भएका कारण नेपाली रिमेक बनाउन ठुलो चुनौती रहेको र आफुहरुले चुनौती सामना गर्न अगाडी बढेको आशिष र केशवले बताएका छन्।
यसअगि नेपाली सिनेमा ‘सफर’ निर्माण गरिसकेको छ यस कम्पनीले छिट्टै प्रेसमिट गरेर सिनेमाको नेपाली नाम र लाइनअप सार्वजनिक गर्ने जानकारी दिएको छ।