वरिष्ठ हास्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले नयाँ गीत रिलिज गरेका छन्।
उनीहरूले एकसाथ गीत रिलिज भने गरेका होइनन्।
मदनकृष्ण श्रेष्ठले आफ्नी छोरी सरना श्रेष्ठसँग गाएको 'पानी छायाँ' बोलको गीत रिलिज गरेका हुन् भने हरिवंशले गायिका टिका प्रसाईंसँगको जुगलबन्दीमा 'परे माकुरी जालमा' बोलको गीत ल्याएका हुन्।
मदन र उनकी छोरी सरनाको 'पानी छायाँ' गीत राजनराज सिवाकोटीको संगीत तथा राजेन्द्र थापाले लेखेको शब्द तयार पारिएको हो। सुव्रतराज आचार्यले निर्देशन गरेको गीतको भिडियोमा मदनकृष्ण र छोरी सरना नै फिर्चड छन्।
यसैगरी 'परे माकुरी जालमा' हिराण्य भोजपुरेको शब्द तथा हरिशरण शयामीको संगीत छ। यो म्युजिक भिडियोलाई सोहन मान्धरले छायांकन र सम्पादन गरेका छन् । साथै निर्देशन आरध्या लक्ष्मी खड्गीको रहेको छ।