‘मन परेसी’बाट आकाश श्रेष्ठ र पूजा शर्माको जोडी पुनः एक साथ पर्दामा आउने भएको छ।
सरस्वती पूजाको अवसर पारेर बिहीबार राजधानीको भद्रकाली मन्दिरमा सिनेमाले पूजाआजा गर्दै सिनेमा घोषणा गर्यो।
आइतबारबाट फ्लोरमा जाने सिनेमामा पूजा र आकाशको साथमा रविन्द्र झा, बुद्दि तामाङ, शिशिर राणा, किरण श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, मोनालिसा खतिवडालगायतका कलाकारको अभिनय रहनेछ।
‘जय शम्भु’ निर्देशक रुपेश थिङ तामाङले निर्देशनमा तयार हुने सिनेमालाई आगामी वर्षको तीजमा रिलिज गर्ने तयारीमा निर्माण पक्ष रहेको छ। सिनेमामा अर्जुन पोखरेल, पुरुषोत्तम न्यौपाने र श्रीकृष्ण वर्देवाको संगीत रहनेछ।
मिडिया एण्ड मुभिज प्रालि र जुना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने सिनेमामा हरी घले लामाको छायांकन, राजु तामाङको द्वन्द्ध, रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी रहनेछ।