राजधानीमा कोठा भाडामा लिएर बस्नेहरुको कथा रहने ‘के घर के डेरा’ नामक सिनेमाको घोषणा भएको छ।
राजधानीमा एक कार्यक्रमकाबीच सिनेमा निर्माणको घोषणा गरिएको हो। सुव्रत आचार्यको निर्देशन रहने सिनेमामा दयाहाङ राई, विपिन कार्की तथा वर्षा राउतको मुख्य भूमिका रहनेछ।
सिनेमामा रविन्द्र झा, लूनिभा तुलाधर, आर्सिना भट्टलगायतका कलाकारको पनि अभिनय हुनेछ।
यसै नाममा पैँतीस वर्ष अगाडी निर्देशक प्रदीप रिमालले सिनेमा बनाइसकेका छन्।
सिनेमाको पटकथा सफल केसी र प्रतिक गुरुङले लेखेका हुन्। उनीहरू दुबैले यसअघि ‘हरी’ सिनेमा निर्देशन गरेका थिए।
दिर्घ वीर गुरुङले खिच्ने सिनेमामा शंकर थापा (स्माइल)को संगीत, मित्र डी गुरुङको सम्पादन र गम्भीर विष्टको कोरियोग्राफी रहनेछ।