'सानु' बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ।
गीतमा प्रताप दास, समीक्षा अधिकारी र आयुशा गौतमको स्वर रहेको छ।
कमल सरगमले लेखेको शब्दमा संगीत घमेश दुलालको छ।
गीतको भिडिओमा एलिजा गौतम र आकाश श्रेष्ठको अभिनय रहेको छ।
आकाश र एलिजाले पहिलोपटक लोकदोहोरी गीतको भिडिओमा अभिनय गरेका हुन्।
भिडिओलाई प्रभान जेले निर्देशन गरेका हुन्।