साप इन्टरटेनमेन्टले 'हेरिटेज अफ फेसन नेपाल सिजन-२' आयोजना गर्ने भएको छ।
चैत २ मा (मार्च १५) नेपाल र अष्ट्रेलियामा आयोजना हुने कार्यक्रमको आयोजक 'आमा' र 'तीन जन्तु'का निर्माता सन्तोष अधिकारी हुन्।
उक्त फेसन शोमा नेपाली तथा विदेशी मोडलहरुको उल्लेख सहभागिता रहनेछ। कोरोनाले विश्व नै आक्रान्त बनेको बेला नेपाली कला र संस्कृतीलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो।
गत वर्षबाट सुरू भएको हेरिटेज अफ फेसन नेपालको पहिलो सिजनको आयोजना पोखरा र अष्ट्रेलियामा गरिएको थियो। यस वर्ष भने दुवई र युरोपमा पनि फेसन शोको आयोजना गर्ने योजना सन्तोषको छ।
पहिलो सिजनमा फेसन आइकन तथा कलाकार प्रशान्त ताम्राकार, गायक धिरज राई, गायिका प्राप्ति तुलाचन सहभागिता थियो।