दशैं अघि निर्माण घोषणा भएको फिल्म ‘कृष्ण–लीला’ को छायांकन सुरू भएको छ।
सिनेमाले गत शुक्रबारबाट पूर्वी नेपालको झापाबाट आफ्नो सुटिङ् सुरू गरेको हो र यतिबेला सो टोली गीतको सुटिङ्का लागि इलाम पुगेको छ।
दीपक ओलीको निर्देशन र लक्ष्मण सुवेदीको लेखन रहेको फिल्मको सुटिङ ‘कुनै दिन यस्तो पनि जिन्दगानी’ बोलको रोमान्टिक गीतबाट सुरु भएको जानकारी कार्यकारी निर्माता रत्न श्रेष्ठले दिए।
गीतमा अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्री रोमान्टिक मुडमा प्रस्तुत भएका छन्। अन्जु पन्त र सुगम पोखरेलको स्वर र अर्जुन पोखरेलको संगीत रहेको गीतको कोरियोग्राफर रामजी लामिछाने हुन्।
बाबु श्रेष्ठले खिचेको गीत निकै सुन्दर बनेको कोरियोग्राफर लामिछानेले बताए।
आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको ‘कृष्ण–लीला’ मा पुष्प खड्का,श्रद्धा क्षेत्री,बुद्धि तामाङ,रबिन्द्र झा,नवीन रेग्मी,हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईलगायतका कलाकार मुख्य भूमिकामा छन्।
प्रकाश कार्की र केवल तामाङ निर्माता रहेको फिल्मको कोशी नदी किनारमा सेट लगाएर सुटिङ आरम्भ गरिएको थियो भने युनिट हाल इलामको पानीटार पुगेको छ।
त्यहाँ गीतको छायांकन सम्पन्न गरेर दृश्य खिच्न थालीने जानकारी निर्देशक वलीले दिएका छन्। फिल्मको सम्पूर्ण छायांकन पूर्वी नेपालमै गरिनेछ।