गायक प्रविण बेडवालको स्वरमा ‘दैव तैँले’ बोलको गीत सार्वजनिक भएको छ।
गीतमा यशोदा महतको शब्द छ भने संगीत करण राज कार्कीले दिएका हुन्।
गीतको भिडिओलाई पृथ्वी खनालले निर्देशन गरेका हुन्। भिडिओमा उनीसँगै श्रेया रानाको अभिनय रहेको छ।
पिटर गुरुङले छायांकन गरेको यस भिडियोलाई विष्णुहरीले सम्पादन गरेका हुन्।