गायिका मेचु धिमाल र गायक विकास लिम्बुको स्वरमा नयाँ पुर्वेली भाकाको गीत सार्वजनिक भएको छ ।
धिमाल र लिम्बुले 'पानी कलल' बोलको गीत सार्वजनिक गरेका हुन्।
गीतमा लेखु सहयात्रीको शब्द तथा करणराज कार्कीको संगीत छ।
सार्वजनिक गीतको भिडियोमा मेचु र विकास आफैँ फिचर भएका छन्।
भिडिओको निर्देशन पनि स्वयं मेचुले गरेकी हुन्।