भारतीय कमेडियन कपिल शर्मा र उनकी पत्नी गिन्नी छत्रतले दोस्रो सन्तान पाएका छन्।
सोमबार बिहान कपिल शर्माले ट्विट गर्दै आफ्नो दोस्रो बच्चा भएको जानकारी दिएका हुन्।
'नमस्कार, आज बिहान हामीलाई पुत्रलाभ भएको छ, भगवानको कृपाले बच्चा र आमा दुबै स्वस्थ छन्, सबैको माया, आशिर्वाद र प्रर्थनाका लागि धन्यवाद। लभ यू अल। गिन्नी एन्ड कपिल,'उनले ट्विटरमा लेखेका छन्।
गत हप्ता नै कपिल शर्माले ट्विटर मार्फत आफ्नो परिवारमा नयाँ सदस्य थपिन लागेको जानकारी गराएका थिए। त्यसै कारण उनको द कपिल शर्मा शो पनि केही समयको लागि रोक्ने घोषणा गरेका थिए।
उनले एक फ्यानको प्रश्नलाई जवाफ दिँदै नयाँ बच्चाको स्वागत गर्न आफ्नी श्रीमती गिन्नीसँग घरमा बस्न जरूरी भएको बताएका थिए।
कपिल र गिन्नीकी एक वर्षीया छोरी अनायरा पनि छिन्।