बलिउड अभिनेत्री कंगना रनौतलाई कोरोना संक्रमण भएको छ। उनले आफूलाई संक्रमण भएको इन्स्टाग्राममार्फत जानकारी दिएकी हुन्।
‘मलाई केही दिनदेखि थकान र कमजोरी महशुस भइरहेको थियो। आँखामा पनि जलन भइरहेको थियो। हिमाञ्चल जाने सोचमा थिए। त्यसैले परीक्षण गराउँदा कोरोना पोजेटिभ आएको छ।’, उनले भनेकी छिन्।
हिमाञ्चल प्रदेशको भ्रमणमा निस्कनुअघि आफूलाई भाइरस पुष्टि भएको उनले जनाएकी छिन् ।
पजेटिभ पुष्टि भएपछि आफूलाई क्वारेन्टिनमा राखेको जानकारी उनले दिएकी छिन् । क्वारेन्टिनमा आफूले भाइरसलाई नष्ट गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेकी छिन् । ‘मलाई थाहा थिएन कि कोरोनाले मेरो शरीरभित्र पार्टी गरिरहेको छ। अब मलाई थाहा भइसकेको छ। म यसलाई समाप्त पारिदिन्छु,’ उनले भनेकी छन्।
विवादास्पद ट्विट गरेको भन्दै ट्वीटरले उनको अकान्ट निलम्बित (सस्पेन्ड) गरेको छ।
ट्विटरमा विभिन्न राजनीतिक तथा बलिउडका टिप्पणी गरेर कंगना पटक-पटक विवादमा आउने गर्छिन्।
उनको अकाउन्ट निलम्बित भएसँगै अहिले ट्विटरमा कंगना रनावत ट्रेन्डिङमा छिन्। उनले पश्चिम बंगालको चुनावी नतिजाबारे विवादास्पद टिप्पणी गरेकी थिइन्।
उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई २००० सालको सुरूमा जस्तै 'विराट' रूप लिएर पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीलाई काबूमा राख्न आग्रह गरेकी थिइन्।
उक्त ट्विट गरेपछि उनको अकाउन्ट निलम्बन गर्न माग भएको थियो।
हालै पश्चिम बंगालमा भएको विधानसभाको चुनावमा ममता बेनर्जीको तृणमूल कंग्रेस पार्टीले जितेको हो। उनले आफ्नो चुनावी क्षेत्र नन्दीग्राममा हारे पनि उनको पार्टीले दुई तिहाइ बढी सिट जितेको छ।