अभिनेत्री प्रियंका चोपडाको चर्चा बलिउडदेखि हलिउडसम्म फैलिएको छ। ठूला अन्तर्राष्ट्रिय रेड कार्पेटमा समेत उपस्थित हुने उनी अभिनयबाहेक आफ्नो पहिरन र फेसनका कारण विश्वव्यापी चर्चामा आउने गर्छिन्।
प्रियंकाको इन्स्टाग्राम प्रोफाइल हेर्ने हो भने उनी ठूला फेसन डिजाइनरको लुगामा सजिएकी हुन्छिन्। हालै इन्स्टाग्राममा पोस्ट गरेको भिडिओमा पनि उनी आफ्नो लुगाकै कारण आकर्षणमा परेकी छन्। हिन्दुस्तान टाइम्सका अनुसार प्रियंकाले आफ्नो हेयर केयर ब्रान्डका नयाँ उत्पादन प्रोमोट गर्न इन्स्टाग्राममा एउटा भिडिओ हालेकी थिइन्।
सो भिडिओमा उनले ती उत्पादन प्रयोग गर्नुअघि र पछिको नतिजा देखिएकी छन्। उनका फ्यानहरुको ध्यान भने उत्पादनमा भन्दा प्रियंकाले लगाएको लुगामा गएको थियो। भिडिओमा प्रियंकाले फूलबुट्टे डिजाइन भएको सर्ट र प्यान्ट लगाएकी छन्। यी दुई सेटको मूल्य लगभग ७० हजार भारु पर्छ। स्लिक कपडाले बनेको उनको सर्ट ‘वाइल्ड बोटानिका’ ब्रान्डको स्प्रिङ कलेक्सन २०२१ को हो। सेतो रङको यो सर्टमा फूलहरु प्रिन्ट भएका छन्।
यो सर्टको मूल्य पाँच सय २९ अमेरिकी डलर छ, जुन भारतमा ३९ हजार ४ सय २० भारु पर्छ। यो सर्टमा सुहाउँदो उनले ‘जिम्मरमान वेयर’ ब्रान्डको बोटानिका किक फ्लेयर हाइ–वेस्ट स्लिक प्यान्ट लगाएकी छन्। यो प्यान्टको अगाडि स्लेन्ट पकेट, ब्याक वेल्ट पकेट र किक–फ्लेयर सिल्हुट डिजाइन थियो। अमेरिकामा यसको मूल्य चार सय २० अमेरिकी डलर पर्छ। भारतमा यसलाई करिब ३१ हजार २ सय ९८ भारु पर्छ। आफ्नो पहिरनसँग राम्रो देखिन प्रियंकाले हल्का मेकअप र सिल्भर हुप झुम्का लगाएकी थिइन्। गत वर्ष प्रियंका ‘टेक्स्ट फर यु’ फिल्मको छायांकनका लागि लन्डन गएकी थिइन्।
उनी चाँडै नयाँ वेब सिरिज ‘सिटाडेल’मा डेब्यु गर्दैछिन्।