आयुष्मान खुर्राना स्टारर 'बाला'ले वक्सअफिसमा गतिलो सुरूवात गरेको छ। रिलिजको दुई दिनमा सिनेमाले २५ करोड भारू कमाउँदै राम्रो सुरूवात गरेको हो।
रिलिजको पहिलो दिन सिनेमाले शुक्रबार ९.५० करोड भारू कमाइ गरेको थियो। यस्तै रिलिजको दोश्रो दिन शनिबार १५.५० करोड भारू कमाएको छ।
करिब ३ हजार पर्दामा रिलिज भएको सिनेमालाई दर्शकहरूले सुखद प्रतिक्रिया दिइरहेको भारतीय संचारमाध्यमले जनाएका छन्।
अमर कौशिकको निर्देशनमा बनेको 'बाला'मा आयुष्मानका अलावा भूमि पडेन्कर, यमी गौतम, सिमा पाहवा, जावेद जाफरी तथा सौरभ शुक्लाको प्रमुख भूमिका रहेको छ।
सिनेमाले २५ वर्षको उमेरबाट आफ्नो टाउकोको कपाल गुमाउन थालेको एक युवकको भोगाइको कथा पेस गर्छ।