बलिउडमा कयौं पटक दुई वा दुई भन्दा बढी कलाकारले एकै सिनेमाबाट डेब्यू गर्छन्। डेब्यू सिनेमा उनीहरू सबैले कामको प्रशंसा पाउँछन्।
त्यसपछि भने ती कलाकारहरूको करियरले बेग्लाबेग्लै बाटो र रफ्तार समात्ने गरेको छ।
समयक्रममा कति हिट हुन्छन् त कति फ्लप। यस्तोमा जानौं एकसाथ डेब्यू गरेका केही कलाकारहरूको वर्तमान अवस्थाः
सिद्धार्थ मल्होत्रा, वरूण धवन तथा आलिया भट्ट
यी तीनै जनाले करण जोहरको 'स्टुडेन्ट अफ दि इयर'बाट डेब्यू गरे। सिनेमा सुपरहिट भयो। तीनै कलाकारको कामले प्रशंसा पायो। तर आज तुलनात्मक रूपमा आलिया-वरूणको करियर धेरै राम्रो छ। दुबैले उल्लेख्यमात्रामा हिट सिनेमा दिइरहेका छन्। यसमा वरूण-आलियालाई बलिउड परिवारबाटै हुनुको फाइदा मिलेको धेरैको बुझाइ छ।
परिणीति चोपडा-अर्जुन कपुरः
दुबैजना सन् २०१२ मा रिलिज भएको 'इश्कजादें' सिनेमाबाट डेब्यू भए। सिनेमा सुपरहिट भयो। दुबैले कामका लागि तारिफ बटुले। तर आजको मितिमा त्यसपछि उनीहरूले गरेको खराब सिनेमा छनौटले उनीहरूको करियर सोचेजति अगाडि बढेको छैन। लामो समयदेखि दुबैलाई एउटा सुपरहिट सिनेमाको आवश्यक्ता छ। फ्यानहरूलेले उनीहरूलाई फ्लप कलाकारको दर्जा थामाइसकेको अवस्था छ।
अभिषेक बच्चन-करीना कपूर
दुबै जना सुपरस्टार खानदानका सदस्य। डेब्यू हुँदा धेरैको आशा थियो, बलिउडले फेरी नयाँ स्टार पाउँदैछ। उनीहरूको डेब्यू सिनेमा 'रेफ्यूजी'ले औषत कमाइ गर्यो। त्यसपछिका वर्षहरूमा दुबैले आफूहरूलाई विकास पनि गरे। दुबैलाई एक हिसाबले औषत सफल मानियो। तर दुबैको तुलना गर्दा करिना अभिषेकभन्दा अगाडि छिन्। करिनाले विवाह गरेर आमा बनेपछि पनि एउटा हिट सिनेमा दिइन भने उता अभिषेकको खातामा हिट सिनेमा नआएको लामो समय भइसक्यो।
रणवीर कपुर-सोनम कपुर
दुबैले संजयल लिला भन्सालीको 'साँवरिया'बाट डेबञ् गरे। उनीहरूको डेब्यू सिनेमा शाहरूख खानको 'ओम शान्ती ओम'सँग जुध्यो । सिनेमाले खराब व्यापार गर्यो। सिनेमामा सलमान पनि महत्वपूर्ण भूमिकामा भएपनि उक्सिन सकेन। त्यसपछिको समयमा रणवीर सोनमा भन्दा बढी सफल देखिए। तर कयौं सिनेमा गरिसकेकी सोनमलाई अझे पनि बलिउडमा आफ्ना बाबु अनिल कपुरका कारण मात्र टिकीरहेको आरोप लाग्ने गरेको छ।
अमीषा पटेल-ऋतिक रोशन
'कहो ना प्यार'बाट दुबैले धमाकेदार डेब्यू गरे। आज ऋतिक बलिउडमा गिन्तीका स्टारमा छन्। तर अमिषा भने लगातार फ्लप सिनेमाका कारण बलिउडबाट गायब जस्तैछिन्।
टाइगर श्राफ-कृति सेनन
'हिरोपन्ती' दुबैको डेब्यू सिनेमा हो। त्यसपछिको करियरलाई हेर्ने हो भने दुबैले राम्रो गरिरहेका छन्। यसबीच उनीहरूका सिनेमा हिट तथा फ्लप भएका छन्। उनीहरूका आगामी सिनेमा पनि उत्साहजनक नै छन्। उनीहरू दुबै निर्माता-निर्देशकको नजरमा परेका अभिनेता-अभिनेत्री हुन्।