समीक्षकहरूको चर्को गाली र आलोचनाको पाएपनि सिद्धार्थ मल्होत्रा, रितेश देशमुख, राकुलप्रीत तथा तारा सुतारिया स्टारर 'मरजावाँ'ले वक्सअफिसमा उल्लेख्य कमाइ गरेको छ।
सिनेमाले ३ दिनमा २३.७४ करोड भारू कमाइ गरेको छ। शुक्रबार र शनिबार व्यापारमा स्थिर बढोत्तरी गरेको सिनेमाले आइतबार भने आफ्नो व्यापारमा ३५ प्रतिशतले वृद्धि गरेको छ।
शुक्रबार र शनिबार क्रमशः ७.३ तथा ७.२१ करोड भारू कमाएको सिनेमाले तेश्रो दिन आइतबार करिब ९.५ करोड भारू बढीको कमाइ गरेको भारतीय संचारमाध्यमहरूले जनाएका छन्।
सिनेमाले सिङ्गल स्क्रिनहरूमा राम्रो व्यापार गरेको छ।
यसैगरी सोही दिन रिलिज भएको नवाजउद्दिन सिद्दकी तथा आथिया शेट्टी स्टारर ' मोतीचुर चकनाचुर'ले शुक्रबार र शनिबार गरी दुई दिनमा ९ करोड भारू कमाइ गरेको जनाइएको छ। सिनेमा करिब २० करोड भारूको लागतमा तयार भएको हो।