गत शनिबार भारतीय जनता पार्टी अजित पवारलाई हातमा लिदै राष्ट्रवादी कांग्रेस पार्टी(एनसिपी)को समर्थन आफूलाई रहेको भन्दै महाराष्ट्र राज्यमा सरकार गठन गर्यो।
धेरैले शिवसेना, कांग्रेस (आई) र एनसिपीको सम्भावित सत्तासमिकरणमा बिजेपीले सर्जिकल स्ट्राइक भएको माने। तर बिजेपीले सरकारबाट चौथो दिन नै सरकार छाड्नु पर्यो।
एनसिपी प्रमुख शरद पवारले सरकार गठनमा आफ्नो पार्टीको औपचारिक राजनीतिक समर्थन नरहेको जनाएपछि बिजेपीले महाराष्ट्रको सत्ता छाड्नुपर्यो।
महाराष्ट्रको यस नाटकिय घटनाक्रममा धेरैले आआफ्नो प्रतिक्रिया दिए। यसमा भारतीय सिने उद्धयोग अछुतो रहने कुरै थिएन।
सुरूदेखि नै हिन्दुवादी पार्टी बिजेपीको कटु आलोचकका रूपमा देखिएका प्रकाश राजले यस परिस्थितिमा राजनीतिक ट्विट गरेर बिजेपीलाई खुच्चिङ भने।
उनले ‘नाच्न नजान्ने आँगन टेढो’ भनेर खुच्चिङ भनेका हुन्।
‘अक्सर जसलाई नाच्न आउँदैन, उनीहरूलाई नाच्ने ठाउँसँग समस्या हुन्छ’, उनले ट्वीट गरेका छन्।
उनले महाराष्ट्रको राजनीतिमा यसरी धारणा राखेका हैनन्। यसअघि पनि उनले सिंचाई घोटालामा पनि ट्वीट गरेका थिए।
‘भारतको सबैभन्दा ठूलो धोबी सेबा, केही लाज बाँकी छ। आधिकारिक श्रोतका अनुसार सिचाईं घोटालासँग जोडिएको मुद्धा बन्द भइसकेको छ र उनको अजित पवारसँग कुनै सम्बन्ध छैन’, उनले ट्वीट गरेका थिए।
प्रकाश राज सुरूदेखि नै बिजेपीका विरोधी हुन्। आफ्ना पत्रकार साथी गौरी लंकेशको हत्यापछि त उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हत्याराको संरक्षक भनेर आरोप लगाएका थिए।