लगातार सिनेमा ब्लकबस्टर भएपछि बलिउड अभिनेता आयुष्मान खुर्रानाको प्रायोजन बापतमा पाउने पारिश्रमिकमा तीन सय प्रतिशतले वृद्धि भएको छ।
लगातार ७ ब्ल्कबस्टर सिनेमा दिएपछि उनले विज्ञापनको प्रायोजन गरेबापत पाउँदै आएको रकममा भारी वृद्धि भएको हो।
यस वर्ष उनी अभिनित तीन सिनेमा रिलिज भए र तीने सिनेमा वक्सअफिसमा सुपरहिट सावित भए। आर्टिकल १५, ड्रीमगर्ल र बाला यसवर्ष वक्सअफिसमा सुपरहिट भएका सिनेमा हुन्।
गत वर्षपनि उनी अभिनित 'बधाईं हो' र 'अन्दाधुन्द' सुपरहिट भएका थिए।
यिनै सिनेमाको सफलताले गर्दा हाल उनको हातमा २० भन्दा बढी ब्रान्डको विज्ञापन छ।
उनी घरजग्गादेखि कपडा, घडी लगायतका सामानको विज्ञापनमा उनले काम गरिरहेका छन्।