बलिउड अभिनेता कार्तिक आर्यनले आलिया भट्ट र दीपिका पादुकोणसँग सिनेमा रोमान्स गर्ने इच्छा व्यक्त गरेका छन्।
उनी त्यस्तो रोमान्स संजय लिला भन्सालीको सिनेमाको लागि गर्न चाहन्छन्।
पछिल्लो समय कार्तिकको नाम सैफअलि खानकी छोरी सारा अलि खानसँग जोडिने गरेको छ।
सारासँगको सम्बन्धका साथै आफ्ना सिनेमाका कारण उनी चर्चामा आउने गर्छन तर उनको यो पछिल्लो अभिव्यक्तिलाई कार्तिकले पनि बलिउडको चर्चाको भाषा बुझ्न थालेको भनेर अर्थ्याएका छन्।
कार्तिक हाल आफ्नो आगामी सिनेमा 'पति पत्नी और वो' सिनेमाको प्रचारमा व्यस्त छन्। उनले यसै सिनेमाको प्रचारका क्रममा आलिया र दीपिकासँग संजयलिला भन्सालीको निर्देशनमा रोमान्स् गर्ने इच्छा व्यक्त गरेका हुन्।
सिनेमाको एक प्रचार कार्यक्रममा 'कुन अभिनेत्रीसँग रोमान्स गर्न चाहनुहुन्छ?' भन्ने प्रश्नको उत्तर दिने क्रममा आलिया र दीपिकाको नाम लिएका हुन्।
'मेरो प्रिय त करिना हुन् तर पर्दामा आलियासँग रोमान्स गर्न चाहन्छु। यो सूचिमा म दीपिकालाई पनि जोड्छु। मेरो सपना छ संजय लीला भन्सालीको सिनेमामा दीपिका पादुकोणसँग राम्रो प्रेमकथा भएको सिनेमा गरूँ', कार्तिकले मुस्कुराउँदै भने।
हालै दीपिकाले कार्तिकलाई एयरपोर्टमा नाच सिकाइ रहेको भिडियो भाइरल भएको थियो।