दक्षिण भारतीय तमिल सिनेमाका सुपरस्टार रजनीकान्तले २७ वर्षपछि प्रहरी भूमिका निर्वाह गरेको 'दरबार'को ट्रेलर रिलिज भएको छ।
सोमबार एकसाथ तमिल, तेलेगु, मल्यालम तथा हिन्दी भाषामा रिलिज भएको ट्रेलरमा रजनीलाई मुम्बई पुलिसको कमिश्नर बनेका छन्।
ट्रेलरमा उनको पात्रलाई 'भिलेन' स्वभावको पुलिसका रुपमा व्याख्या गरिएको छ।
सिनेमामा बलिउड अभिनेता सुनिल शेट्टी खलनायकको भूमिकामा रहेका छन्।
'गजनी' फेम ए आर मुर्गादोशको निर्देशन रहेको यस एक्सन सिनेमामा नयनतारा पनि प्रमुख भूमिका छिन्।
सिनेमा आगामी वर्ष जनवरी १० मा रिलिज हुँदैछ।