आफैमा राम्रो हुनु त परको कुरा किताबमाथी बनाइएका फिल्मले आफ्नो श्रोतमाथी विरलै न्याय गर्ने गरेका छन्। तर पनि केहि त्यस्ता फिल्म निर्माण भएका छन जसले लेखिएका किताबलाई पनि पर्दामा धेरै मानेमा पछाडी पारेका छन्। ती फिल्मले कथाको कार्यान्वयनमा अझ राम्रो बनाउनुको साथमा ती कथाका 'प्लट'मा 'थीम' थपेर तीनलाई किताबभन्दा झनै राम्रो बनाएका छन्। अझ केहि फिल्मले किताबले प्रस्तुत गरेको आयामलाई झन फराकिलो पारेका छन्। त्यो तीनका कथा, पात्र, थिमबाट मुखरित भएका छन्।
त्यस्तै केहि सिनेमाले अल्छि लाग्दा भागलाई हटाउँदै 'प्लट'लाई सजिलैसँग स्वीकार्यरूपमा घनित बनाएका छन्। त्यस्ता १० सिनेमाको सूचि यस्तो छ:
१. द स्वसाङ्क रिडेम्प्सन : यो आजसम्म बनाइएका उत्कृष्ट फिल्म मध्येको एक हो। यसको कथा मैले संयोगबस पढेको थिएँ। फिल्मका रूपमा यो मेरा लागि एउटा आश्चर्यका रूपमा आयो। ४-५ वर्ष अगाडी फिल्म हेरें, एकदम राम्रो थियो। किताबमा रहेका पट्यारलाग्दा र मानिसले खासै ध्यान नदिने कुरालाई फिल्मले हटाएर यसलाई किताब भन्दा आकर्षक र स्तरिय बनाएको छ।
२. फरेस्ट ग्रम्प : यसमा टमह्याङ्सको आजसम्मकै ललित काम देखिन्छ। यो किताबजस्तो पट्यारलाग्दो छैन्, प्रसंम्शनिय छ। मैले किताब पढ्नुभन्दा पहिले फिल्म हेरे। फिल्म किताबभन्दा धेरै राम्रो बन्यो। म यस कारणमा आश्चर्यचकित भएकी कसैले यस्तो झुर किताबलाई यति सुन्दर फिल्ममा रूपान्तरण गर्न सक्छ भनेर।
३. फाइट क्लब : यसको किताब अघिल्ला दुई सिनेमामाका किताबभन्दा धेरै राम्रो थियो तर फिल्म त्यो भन्दा अझ राम्रो । फिल्मले किताबको कथालाई त्यसले लान सक्ने भन्दा धेरै पर लगेको छ। यस फिल्ममा ब्राड पिट तथा एडवार्ड नोर्टनको करियरकै उत्कृष्ट अभिनय देख्न सकिन्छ।
४. सिन्ड्लेर्स लिस्ट : परि कथा पढ्ने उमेरमा मैले यो किताब पढेको थिएँ । यो घनित , निराशलाग्दो तर कोशियरूपमा हल्लाउने थियो। फिल्मका यो भन्दा अझ राम्रो छ । यो शाब्दिक र लालक्षणिक रूपमा फिल्म दुरूस्तै आएको छ। फिल्म हेर्दा सिन्ड्लेर्सको भूमिकामा अभिनय गरेका लाम निशन तथा छायाँकनलाई बिर्सन हुँदैन्।
द साइलेन्स अफ द ल्याम्बस : सोही नाममा प्रकाशित किताबलाई फिल्मले आफ्नो गतिलो फिल्म निर्माणबाट पछाडी पारेको छ। हेरिरहँदा आंगे सिरिङ बनाउँछ।
६. द लर्ड अफ दी रिङ्गस ट्राइलोजी : मैले पिटर ज्याक्सनको फिल्म यसको लोभाउने सिनेम्याटोग्राफी, हेरेको हेर्यै पार्ने एक्सन दृश्यहरू तथा गज्जबको पर्श्वध्वनी सहित अन्य थुप्रै कारणले हेरेको थिएँ। सत्य भन्नुपर्दा, सुरूमा मलाई किताब मनपरेको थिएन किनकी त्यसमा थुप्रै अनावश्यक कुराहरू थिए तर फिल्ममा त्यो उति नै रोचक बनेर आएको थियो।
७. जुरासिक पार्क : किताब एक किसिमले राम्रो नै थियो तर मलाई स्टिभन स्पेलवर्गले गरेको फिल्मी रूपान्तरले सबै मानेमा चकित तुल्यायो।
८. सटर आइल्यान्ड: किताब पढ्दा सुरूमा नै मलाई अन्त्यमा के हुन्छ?, अनुमान लगाइसकेको थिए। त्यसकारणले पढ्दा मलाई खास मज्जा जति हुनुपर्ने हो, महशुस भएन। यस कथाको सारा मज्जा यसको क्लाइमेक्समा छ।
९. द परस्यूट अफ ह्यापीनेस : बायोग्राफीमा किताबमा आधारित फिल्ममा क्रिस गार्डनरको जीवनकथालाई विल स्मिथले अभूतपूर्वरूपले देखाएका छन्। मलाई त फिल्म हेर्नु अघि क्रिस को थिए समेत थाहा थिएन। किताबका रूपमा भने यो ठिकै रूपमा लेखिएको छ। फिल्म त्यो भन्दा अब्बल बनेको छ।
१०. द गडफादर : हो, मलाई मारियो पुजोले लेखेको किताब भन्दा 'द गड फादर' फिल्म धेरै मनपर्यो। किताबमा सबै कुरा राम्ररी व्याख्या गरिएका थिए तर फिल्म नबनाइएको भए म कथासँग त्यति निकट पनि हुने थिइन। फिल्मले किताबलाई इमानदारिताका साथ पछ्याएको छ र अझ राम्रो बनाएको छ।
(क्षितिज रावत भारतका रंग पत्रकार हुन जसले दी इन्डियन एक्सप्रेसमा फिल्मबारेमा नियमित कलम चलाउने गर्छन)