हलिउड सुपरहिरो फिल्म 'ब्ल्याक प्यान्थर'ले सबैको पूर्वअनुमान विपरितको कमाइ गर्न सफल भएको छ।। २०० मिलियन डलर बढिको कारोबार गर्दे ३ दिनमा २०१.७ मिलियन डलरको कमाइ गरेपछि यस्तो भएको हो। सुरूवाती ३ दिनमा २०० मिलियन डलरको कमाइ गर्ने ऐतिहासिक रेकर्ड पनि फिल्मले आफ्नो नाममा राख्न सफल भएको छ।
फिल्मको यो कमाइ 'एभेन्जर: इज अफ अल्ट्रन', स्टार वार्स: द फ्रोस अवेकन्स', स्टार वार्स: द लास्ट जेडी', 'जुरासिक वर्ल्ड' तथा 'द एभेन्जर्स'ले गरेका सुरूवाती व्यापारभन्दा बढिसमेत हो। फिल्मले आइतबार ६० मिलियन डलरको कमाइ गरेको थियो जुन 'द फोर्स अवेकन्स' भन्दा आधा मिलियन डलरले बढि हो।
फिल्मले सोमबार ४० मिलियन डलर कमाइ गर्यो। फिल्मले थुप्रै नयाँ रेकर्ड पनि आफ्नो नाममा लेखाएको छ। फिल्मले फरवरी महिनामा रिलिज भएका फिल्मको कमाइ रेकर्ड तोड्नेसँगै 'प्रि-समर' सर्वाधिक सुरूवाती व्यापार गर्ने फिल्मको रेकर्डसमेत बनाएको छ। फिल्मले यसका लागि 'डेडपुल' तथा 'ब्यूटि एण्ड द बिस्ट'को ओपनिङ व्यापार तोड्यो।
त्यस्तै आइम्याक्समा फिल्मले विश्वभर सर्वाधिक व्यापार गर्ने दोस्रो फिल्ममा आफूलाई दर्ज गराएको छ। आइम्याक्समा उसले ६७६ पर्दाको ३५ मिलियन डलर कमाइ गर्यो। फिल्मले चीनमा समेत किर्तीमानी ५३ मिलियन अमेरिकी डलरको व्यापार गरेको छ।