ओस्कार विजेता अस्ट्रेलियन अभिनेताले एक अभिनेत्रीमाथी यौन उत्पीडन गरेको आरोप लगाएका छन्। अभिनेता जियोफ्री रसले 'किङ लियर'को निर्माण ताका तीन वर्ष अगाडी सिड्नीमा एक अभिनेत्रीलाई पटकपटक अभद्र तरिकाले छोएको जनाएका छन्।
उता अभिनेता रसले भने सो सम्बन्धि समाचार छापेको सिड्नीको 'द डेली टेलिग्राफ'लाई अदालतमा मानहानीको मुद्धा दायर गरेका छन्। पत्रिकाका वकिल, टम ब्ल्याकबर्नल सोमबार अदालतमा बहस गर्दै अभिनेताले ती अभिनेत्रीलाई छोएको दाबी गरेका छन्। ती अभिनेत्रीको नाम गोप्य राखिएको छ।
रसका वकिलले ती आरोपहरू अस्पष्ट र आधारहिन भएको भन्दै अदालत आरोपको बचाउ गरेका छन्।