विश्वका सर्वाधिक चर्चित मध्येका एक डिस्को जक्की (डिजे) एभिचिको २८ वर्षको उमेरमा निधन भएको छ। उनको ओमानको राजधानी मस्कटको एक होटलमा शुक्रबार राती भएको हो।
उनीको निधन के कारणले भयो भन्नेबारेमा केहि खुल्न नसकेको पश्चिमा संचारमाध्यमहरूले जनाएका छन्।
एभिचि नामले विश्व चर्चित उनको वास्तविक नाम टिम बर्गलिङ हो। उनी स्वीडेनमा जन्मिएका थिए। उनी विगतमा दुर्व्यसनमा लिप्त थिए। उनलाई दुई पटक अत्याधिक मदिरा सेवनका कारण सोसम्बन्धी उपचारका लागि दुई पटक अस्पताल भर्ना गराउनुपरेको थियो।
https://www.youtube.com/watch?time_continue=27&v=IcrbM1l_BoI
'लेभलस्', 'हे बर्दर' उनका विश्व चर्चित संगीतसिर्जना हुन भने एलो ब्लाससँग मिलेर निकालेको 'वेक मि अप' सर्वाधिक चर्चित गीत हो। सन् २०११ र १२ मा घरी उनी दुई पटक ग्रामी अवार्डको मनोनयनमा समेत परेका थिए।
https://www.youtube.com/watch?v=cHHLHGNpCSA
सन् २०१६ मा स्टेज शोहरूबाट सन्यास लिनुअघि उनी संसारका सर्वाधिक पारिश्रमिक पाउने डिजे थिए। आफ्नो स्वास्थ्यको कारण देखाउँदै उनले सन्यास रहेका थिए। उनले डिजेइङ गर्ने प्रत्येक शोहरू पूरै सोल्डआउट हुने गर्थे। फ्रोब्स पत्रिका अनुसार उनले डिजे कामबाट करिब २८ मिलियन डलर कमाएका थिए।
https://www.youtube.com/watch?v=_ovdm2yX4MA