'डेडपुल' स्टार रायन रेनोल्डसले आफूनो 'एन्जाइटी'सँगको संघर्षका बारेमा खुलासा गरेका छन्।
उनले आफ्नो जीवनका अधिकाशं समय 'एनजाइटी'सँग जुधिरहेको खुलासा गरेका हुन्। 'द न्यूयोर्क टाइम्स'लाई आगामी रिलिज 'डेडपुल २'को बारेमा कुरा गर्ने क्रममा सो कुरा बताएका हुन्।
'मलाई एन्जाइटी छ, र सँधै थियो' उनले भने, 'म यस्ता कुरासँग डराउँछु र त्यसको उप्पलो अवस्थासम्म पुगेको छु जून रमाइलो कुरा होइन।'
उनले आफू २० वर्षको उमेरको आशपास यसकै कारण हसन्तुलित हुने गरेको र यसबाट भाग्न पार्टीहरूको साहारामा हुने गरेको बताए।
उनले आफ्ना बाबुले आफ्नो 'इन्जाइटी'कै कारण 'तनावको औषधालय' भन्ने गरेको पनि स्मरण गरे।
उनी तनावसँग जुध्नका लागि 'डेडपुल'का रूपमा प्रेस सोहरू गर्ने गरेको बताउँछन्।