रोबर्ट डाउनी जुनियरलाई हाल हलिउडका नाफा कमाइदिने स्टारका रूपमा हेरिन्छ। यसका लागि उनको आइरनम्यान पात्रलाई सहायक मानिदै आइएको छ। सन् २००८ मा एमसियूबाट आफ्नो फिल्मी यात्रा सुरू गरेका रोबर्ट त्यसयता बक्सअफिसमा कब्जा जमाउँदै आइरहेका छन्। फलस्वरूप उनले बुझ्ने पारिश्रमिक पनि मोटो हुने गरेको छ। गत वर्ष 'स्पाइडरम्यान: होमकमिङ'का लागि १० मिलियन अमेरिकी डलर लिए। फिल्ममा उनी केबल १५ मिनेटका लागि मात्र थिए।
१५ मिनेटका लागि यति मोटो पारिश्रमिक बुझ्ने रोबर्टले पूरा फिल्मका लागि लिने पारिश्मिकबारेमा जोकोहीलाई अनुमान लगाउन गार्हो पर्छ।
'द रक'को नामबाट परिचित डायन जोनशन पनि अर्का त्यस्तै हलिउड अभिनेता हुन्। उनले हालै 'रेड नोटिस' नामक फिल्मका लाहि २२ मिलियन अमेरिकी डलर पारिश्रमिक लिएको चर्चा छ। यसका अलावा आफ्नो सोसल साइटमा फिल्मको प्रचार गर्न मात्र उनले १० लाख अमेरिकी डलर लिने गर्छन्।
केही फिल्म फ्रान्चाइज शतप्रतिशत नाफाका फिल्म मनिने गरिन्छ। 'जेम्स बोन्ड' फिल्म श्रृखंला पनि त्यस्तै फिल्ममा पर्छ। भेराइटीका अनुसार बोन्ड सिरिजको २५ औं फिल्मका लागि अभिनेता ड्यानियल क्रेगले २५ मिलियन अमेरिकी डलर पाउने कुरा सार्वजनिक भइसकेको छ।
यस्तै अर्का हलिउड अभिनेता भीन डिजेलले 'फास्ट एण्ड दि फ्यूरियस'को आगामी श्रृखंलाको लागि २० मिलियन डलर लिने चर्चा छ।
मोटो पारिश्रमिकका साथमा अभिनेताहरूले फिल्मको खुद नाफामा गतिलोको हिस्सेदार बन्ने गरेका छन्। उनीहरूले यसमा फिल्म साइन गर्दा नै हिस्सा पाउनगरी सम्झौता गर्न थालेका छन्।
तर हलिउडमा सबैले यस्तो पारिश्रमिक बुझिरहेको अवस्था भने छैन्। हलिउडमा सुपरहिरो फिल्महरू पैसा कमाउने फिल्मका रूपमा देखिइरहेको अवस्थामा केहि हलिउड सुपरस्टारको पारिश्रमिक भने वक्सअफिसको भाग्यले निर्धारण गर्ने गरेको छ।
उदाहरणका लागि लियोनार्दो डि क्याप्रियोलाई लिन सकिन्छ। 'इन्सेप्सन' फिल्मका लागि २० मिलियन डलरको मोटो चेक बुझेका उनले टारान्टिनोको अगामी फिल्मका लागि त्यसको आधा रकप पारिश्रमिक बुझेका छन्।
जुरासिक वर्ल्डबाट फ्रान्जाइज फिल्मको हिस्सा बन्न थालेका ब्रेस चलास होवारड र क्रिस प्राटले यी फिल्मको सफलतासँगै आफ्नो पारिश्रमिकलाई बढाएका छन्।
पछिल्लो समय हलिउडमा फ्रान्चाइजहरू फिल्म निर्माण कम्पनीका लागि नाफामूलक बन्दै गइरहेका छन्। यसको असर अभिनेताहरूसँगै निर्देशकहरूको पारिश्रमिकमा पनि देखिएको छ। उनीहरूको पारिश्रमिक पनि फ्रान्चाइज फिल्महरूको नाफाको अनुपात जसरी नै बढ्दै गइरहेको छ।
'वान्डर उमन' निर्देशक प्याटी जेनकिन्सले फिल्म निर्माण कम्पनीसँग आफ्नो पारिश्रमिक बढोत्तरीका लागि कुरा गरिरहेकी छन्। उनले सो फिल्मका लागि बुझेको भन्दा तीन गुणा पारिश्रमिक सो फिल्मको सिक्वलका लागि लिनेछिन्। फिल्मको अकल्पनिय सफलताले उनलाई यस्तो 'बार्गेनिङ' गर्ने अवस्थामा पुर्याइदिएको हो।
हलिउडमा देखिएको यस किसिमको दृश्यले हलिउडलाई अब स्टारपावरमा नभइ फ्रान्चाइज फिल्महरूको शासन गरिरहेको र त्यसको फाइदा स्टारले अधिक्तम फाइदा उठाइरहेका भनेर बुझ्न थालिएको छ।