हलिउड अभिनेता कियानो रिभ तथा एलेक्स विन्टरको लामो समयदेखी प्रतिक्षा गरिएको 'बिल एण्ड टेड'को तेस्रो श्रृखंला बन्ने पक्का भएको छ।
तेस्रो श्रृखंलाले उनीहरूलाई ३० वर्षमा फेरी एकसाथ ल्याउने भएको हलिउड रिपोटर जनाएको छ।
'बिल एण्ड टेड फेस द म्यूजिक' नाम राखिएको यस फिल्ममा रिभ र विन्टरले आफ्नो चर्चित टेड र बिलको चरित्रलाई पर्दामा ताजा गर्नेछन्।
फिल्मको पहिलो श्रृखंला सन् १९८९ मा पहिलो पटक रिलिज भएको थियो। फिल्म त्यो बेला 'कल्ट हिट' सावित भएको थियो।
रिभ र विन्टर दुबैले आफूहरू नयाँ फिल्मलाई लिएर अत्यन्त उत्साहित रहेको प्रतिक्रिया दिएका छन्।
फिल्मको दोस्रो श्रृखंला 'बिल एण्ड टेड्स बोगस जर्नी' सन् १९९१ मा रिलिज भएको थियो।
https://www.youtube.com/watch?v=q3fx6TugN7g