कहिलेकाँहि राम्रा सिनेमाहरू दुर्भाग्यको सामना गर्छन भने झुर भनिएका सिनेमा दर्शकको आशिर्वादले वक्सअफिसमा चम्किन्छन्। तर सिनेमाको सौन्दर्यको मापन वक्सअफिसले कहिल्यै गर्न सक्दैन। यस्तै गुणस्तरसँगै तथ्याङ पनि आफ्नो पक्षमा पर्ने अवसर सधैं सिनेमालाई नहुन पनि सक्छ।
त्यस्तै घटना सन् १९९४ मा अमेरिकी ड्रामा फिल्म 'द सस्वाक रिडेम्पसन'ले भोग्यो। रिलिजपछि फिल्मले आफ्नो कथा र कलाकारको अभिनयको लागि जति तारिफ बटुल्यो, कमाइको मामिलामा भने फिल्म विर्सनलायक बन्न पुग्यो। फिल्मले त्यतिबेला १६ मिलियन अमेरिकी डलर मात्र कमायो।
पछि फिल्म एकेडेमी अवार्डमा ७ विधामा मनोनित भयो। फिल्मलाई पुन: पर्दामा रिलिज गरियो। दोश्रो रिलिजमा फिल्मले ५८.३ मिलियन अमेरिकी डलरमात्र कमाएन अमेरिकाबाहिर मात्र फिल्मको ३ लाख २० हजार भिएचएस क्यासेट बिक्री भयो। टिभीमा पनि फिल्मलाई उस्तै रूचाइयो। फलस्वरूप फिल्म ९० को दशकमा रिलिज भएका सर्वोत्कृष्ट फिल्म मध्येको एक बन्न सफल भयो। आज यस फिल्मलाई 'आधुनिक क्लासिक' मानिन्छ। फिल्मलाई युनाइटेड स्टेटस् लाइब्रेरी अफ कंग्रेसले 'नेश्नल फिल्म रजिष्ट्रि'मा दर्ता गरेको छ। फिल्म सास्कृतिक, ऐतिहासिक र सौन्दर्यशास्त्रिय' रहेको भन्दै सुचिकृत गरेको हो।
यस्तो नियति भोग्ने यो एकमात्र फिल्म होइन। यस्ता फिल्म अरू पनि छन्। यस फिल्मको जस्तै नियति भोग्ने र 'आधुनिक क्लासिक'को रूपमा चर्चित पाँच फिल्मको सूचि यस्तो छ:
ड्रेड : पृथक कथ्यशैली रहेको यस फिल्मका निर्देशक पेटे ट्राभिसलाई फिल्म प्रोडक्सनको बिचबाट नै निकालिएको थियो र बाँकी आधा फिल्मलाई लेखक एलेक्स गार्ल्याण्डले पूरा गरेका थिए। ४५ मिलियन अमेरिकी डलरमा तयार भएको फिल्मले लगानी उठाउन सकेन। फिल्मले केबल ४१ मिलियन अमेरिकी डलरमात्र कमायो। तर होम रिलिजमा भने फिल्मले कमालै गर्यो। फिल्मले एकदमै गतिलो कमाइ गर्यो। समिक्षकिय रूपमा 'कल्ट' फिल्म बन्न पुग्यो।
सुपर: सन् २०१० मा रिलिज भएको ब्ल्याक कमेडी ड्रामा फिल्म हलमा फ्लप भयो। २.५ मिलियनको लागतमा तयार भएको फिल्मले करिब ५ लाख अमेरिकी डलरमात्र कमाइ गर्न सक्यो। फिल्मले सुपरहिरो विशेषताविहिन सुपरहिरो फ्रान्क दार्बो नामक पात्रको कथा भन्छ। जसले फिल्ममा आफूलाई 'क्रिमशन बोल्ट' बताउँदै सुपरहिरोले गर्ने काम गर्छ।
दी असासिनेसन अफ जेसी जेम्स: ३० मिलियनमा बनेको फिल्मले लागतको आधामात्र हल रिलिजबाट कमायो। २००७ मा रिलिज भएको यस फिल्मले पछी डिभिडी लगायतका होम रिलिजको बजारबाट ९८ लाख अमेरिकी डलर बढिको कमाइ गर्न सफल भयो। समिक्षकहरूले फिल्मको कथ्यशैली, कलाकारको अभिनय र फिल्मको स्टाइलको तारिफ गरेका थिए। सिनेम्याटोग्राफीको लागि फिल्मले विशेष तारिफ बटुल्यो। फिल्मले एक हत्याको कथा भन्छ। फिल्ममा ब्राड पिट र क्यासी एफ्लेकले प्रमुख भूमिका निर्वाह गरेका छन्।
क्लाउड एटलस: फिल्म सर्वाधिक बजेटमा बनेको 'इन्डिपेन्डेन्ट' फिल्म थियो। एक सय ३० मिलियन डलरमा बनेको फिल्मले मात्र २ मिलियनको कमाइ गर्यो। रिलिजपछि फिल्मले दर्शक र समिक्षक राम्रो-नराम्रो दुई खाले प्रतिक्रिया बटुल्यो। विशेषगरी एकअर्कासँग गाँसिने कथाहरू र सम्पादनको लम्बाइका लागि फिल्मबाट आलोचित भयो भने सिनेम्याटोग्राफी, पार्श्व शव्नि, दृश्य शैली, कलाकारहरूको अभिनय र मौलिकताको लागि प्रशंसित पनि छ।
आइडोक्रयासी : हल प्रदर्शनबाट फिल्मले जम्मा ४ लाख अमेरिकी डलर कमाएको फिल्मले होम रिलिजबाट ९ मिलियन अमेरिकी डलर कमायो। समिक्षक र दर्शक दुबैको नजरमा फिल्म राम्रो ठहरियो। व्याङग्यात्मक यस फिल्मले फिल्मले त्यस्तो भविष्यको अमेरिकाको कल्पना गर्छ जहाँ अमेरिकालाई गुण्डाहरूले संचालन गर्दछन भने कृषिबालीमा पानीको सट्टा इनर्जी ड्रिंकले सिञ्चित गरिन्छ, स्टारवक्सले अधिक मूल्यमा यौन बेच्दछ, भने अमेरिकामा कुस्तिबाज तथा पोर्नस्टार अमेरिकी राष्ट्रपति बन्दछन्।