हलिउड अभिनेता लियोनार्दो डि क्याप्रियो तथा बरिष्ठ हलिउड निर्देशक मार्टिन स्कोरसेजले छैटौं पटक सँगै काम गर्ने तय भएको छ।
निर्देशक स्कोरसेज न्यू योर्कको 'वेस्ट सेलर'मा परेको डेभिड ग्रान लिखित 'किलरस् ओअ द फ्लावर मुन' किताबमाथि बन्ने फिल्मका लागि अनुबन्धित भएपछि यो जुगलबन्दी हुने पक्का भएको हो।
आगामी वर्षबाट निर्माण सुरू हुने फिल्ममा लियोनार्दो प्रमुख भूमिकामा देखिनेछन्।
फिल्मलाई ओस्कार विजेता लेखक इरिक रोथले लेखेको यस फिल्म सन् १९२०को दशकमा तेल उत्खननका क्रममा भएको आदिबासी अमेरिकीहरूको श्रृखंलाबद्ध हत्याकाण्डमा आधारित हुनेछ।
'जब मैले डेभिड ग्रानको किताब पढे मैले तुरून्तै त्यसका पात्रहरू, परिदृश्य, तिनका क्रियाकलापलाई देख्न थाले र मैले फिल्म बनाउनुपर्छ भन्ने जाने', स्कोरसेजले भने 'म इरिक र लियो डिक्याप्रियोको साथमा काम गरेर तनावपूर्ण अमेरिकी कथालाई पर्दामा ल्याउन पाउँदा अत्यन्त उत्साहित छु।
फिल्मलाई स्कोरसेजले निर्देशनका अलावा निर्माण पनि गर्नेछन्।
डिक्याप्रियोले यसअघि स्कोरसेजसँग 'ग्याङ्स अफ न्यू योर्क',' द एभिएटर', 'द डिपार्टेड', 'सटर आइल्याण्ड' तथा 'द उल्फ अफ वाल स्ट्रिट'मा काम गरिसकेका छन्।