चर्चित हलिउड फिल्म श्रृंखला 'पाइरेट्स अफ द क्यारिवयन'मा ज्याक स्प्यारो पात्रमा गरेको अभिनयका लागि चर्चित जोनी डिप फिल्मका आगामी संस्करणमा नहुने पक्का भएको छ।
डिपले फिल्मका पाँच श्रृखंलामा काम गरेका थिए।
डिज्नेले यस फिल्म फ्रान्चाइजलाई नयाँ शैलीमा पस्किने योजना अघि सारेपछि डिप फिल्मबाट बाहिरिने पक्का भएको हो। यसका लागि डिज्ने कम्पनीले 'डेडपुल'का लेखकहरूसँग भेटघाटपछि डिप फिल्मबाट बाहिरिने खबर सार्वजनिक भएको छ।
फिल्मका स्क्रिप्ट लेखक स्टुआर्ट बियाटीले यस कुराको पुष्टि गरेका हुन्।
फिल्मको पछिल्लो श्रृखंला 'डेड मेन टेल्स नो टेल' वक्सअफिसमा आफ्ना अघिल्ला श्रृखंलासँग बराबरी गर्न असफल भएको थियो। फिल्मका पाँच श्रृखंलाले ४.५ विलियन अमेरिकी डलर ग्रस कमाइ गरेको दाबी गरिन्छ।