मिटुको आरोपमा जागिरबाट निकालिएका डानीएले गाटीलाई रोमको ओपेरा हाउसले काममा नयूक्त गरेको छ।
शुक्रबार सो ओपेरा हाउसले कानुनी राज्यमा दोष प्रमाणित नभएसम्म सबै व्यक्ति निर्दोष हुने भन्दै नियूक्तिको बचाउ गरेको छ।
गाटीलाई गत गृष्ममा यौन उत्पीडनको आरोप लागेपछि नेदरल्यान्डको आम्सटर्डमस्थित एक अर्केष्टाले कामबाट निकालेको थियो।
रोमको टिएट्रो डेल ओपेरा डी गाटीलाई यसैसाता आफ्नो ओपेरामा नियूक्त गरेको हो।
गाटीले आफूमाथी लागेको आरोपलाई अस्वीकार गर्दै आएका छन्।