हलिउडका मेथर्ड एक्टर क्रिश्चियन बेलले वर्तमान अमेरिकी राष्ट्रपतिले आफूलाई सुपरहिरो सिनेमा ब्याटम्यानको ब्रुस वायन ठानेको खुलासा गरेका छन्।
आफ्नो अगामी राजनीतिक कमेडी सिनेमा 'भाइस'को रेडकार्पेट प्रिमियरमा बोल्दै बेलले सो खुलासा गरेका हुन्।
घटना ट्रम्प राष्ट्रपति हुनु अगाडीको हो। बेल ब्याटम्यान सिरिजको 'द डार्क नाइट राइजेज'मा ब्याटम्यान बनेका छन्।
'हामी ट्रम्प टावरमा ब्याटम्यानको छायाँकन गर्दै थियौं, उनले मेरो अफिसमा आउँ भने। म ब्याटम्यानको पहिरनमा भएकाले उनले मलाई ब्रुस वायन ठाने। उनले मसँग म ब्रुस (ब्याटम्यान) भएझैं कुरा गरे। मैले पनि त्यही अनुसार कुरा गरें। जे होस, रमाइलो भयो' बेलले भेराइटीसँग भने।
बेलले त्यतिबा ट्रम्प कुनै दिन अमेरिकाको राष्ट्रपति बन्न भनेर नसोचेको पनि बताए।
'मलाई उनी अमेरिकी राष्ट्रपतिको चुनावी दौडमा आउलान भनेर ठानेको थिइन', बेलले थपे।
आगामी रिलिज 'भाइस'मा ४४ वर्षे बेलले पूर्व अमेरिकी उपराष्ट्रपति डिक चेनीको भूमिकामा अभिनय गरेका छन्।