अभिनेता क्रिश्चियन बेलले एडम म्याकेसँग कमेडीका लागि सहकार्य गर्न पाए आफू खुशी हुने बताएका छन्।
'द मेकानिस्ट', 'अमेरिकन साइको' र ' द ड्राक नाइट ट्राइलोजी' जस्ता सिनेमामा गरेका गम्भिर भूमिकामा लागि परिचित हलिउडका यी ४४ वर्षे अभिनेताले एडमको हल्का-फूल्का मनोरञ्जक सिनेमाको तारिफ समेत गरेका छन्।
'म एडमसँग कुनै पनि खालको काम गर्न तयार छु', उनले भने, 'उनीसँग सिनेमामा अरूले गर्न लजाउने कामलाई विलक्षण तरिकाले गर्नसक्ने खुबी छ।'
एडमले आफू र आफ्ना सहकर्मी रोबेन हुले पुनः कमेडीको संसारमा फर्किन उत्सुक रहेको बताएपछि बेलले यस्तो इच्छा जाहेर गरेका हुन्।