हलिउड एक्सन एड्भेन्चर फ्रान्चाइज 'द पाइरेट्स अफ दि क्यारिवियन'ले निर्माण कम्पनी डिज्नेलाई बिलियन डलरमा कमाइ गराइदियो भने यसका मुख्य अभिनेता जोनी डिपलाई ओस्कारको मनोनयनसम्म दिलायो। पाँच श्रृखंलामा 'क्याप्टेन ज्याक स्प्यारो' बनेका डीपलाई आगामी श्रृखंलाबाट डिज्नेले हटाइसकेको छ।
फ्रान्चाइजबाट डिप बाहिरिएसँगै डिज्ने कम्पनीलाई करिब एक सय मिलियन डलर बचत हुने निश्चित पनि भएको छ। विश्व चर्चित फोब्स पत्रिकाका अनुसार डीपको बहिर्गमनले सो रकम फाइदा हुने भएको हो।
डीपले प्रति सिनेमा पारिश्रमिकसहित सो बराबरको नाफा रकम पाउने गरेका थिए जुन उनको बहिर्गमनसँगै दायित्वबाट बाहिर हुनेछ जसका कारण निर्माण कम्पनीलाइ सो रकम नाफा हुने फोब्सले जनाएको छ।
उसका अनुसार प्रति सिनेमा ९० मिलियन डलर उसको बचत हुनेछ।
यस फ्रान्चाइजको पछिल्लो सिनेमाले वक्सअफिसमा आफ्ना दोश्रो र चौथो सिनेमाभन्दा कम कमाइ गर्यो। यी सिनेमाले एक बिलियन अमेरिकी डलरको विश्वव्यापी कमाइ गरेका थिए जबकी पाँचौ सिनेमाले ९६३ मिलियन डलर कमाएको थियो भने पाँचौ सिनेमाले ८०० मिलियन डलरमात्र कमाउन सकेको थियो।
पछिल्लो समय सिनेमाको घट्दो कमाइ र डीपका व्यक्तिगत कारणहरूले गर्दा निर्माण कम्पनीले आफूलाई उनीबाट अलग गर्ने निर्णय गरेको हो।
डिज्नेले यस फ्रान्चाइजलाई नयाँ ढंगले लैजाने तयारी भइरहेको जनाइसकेको छ। यस सिनेमालाई 'डेडपुल' सिनेमाका लेखकद्वय रेत रिज र पल वेरनिकले लेख्ने समाचार सार्वजनिक भइसकेको छ। नयाँ सिनेमामा महिला कलाकारले मुख्य भूमिका निर्वाह गर्ने बताइएको छ।