चर्चित हलिउड सिनेमा 'सेभिङ प्राइभेट रायन'का अभिनेता टम साइजमोर लागुऔषधसहित पक्राउ परेका छन्। उनलाई बरब्याङ्क प्रहरीले जनवरी ५ मा पक्राउ गरेको हो।
प्रहरीले अभिनेताको गाडी खानतलाशी गर्ने क्रममा विभिन्न कानुनवर्जित लागुऔषध फेला पारेको थियो। सो पश्चात प्रहरीले अभिनेता र उनको साथमा रहेका अर्का एक पुरूषलाई तत्कालै नियन्त्रणमा लिएको थियो।
हाल उनी हजार अमेरिकी डलर जमानत तिरेर भोलिपल्ट रिहा भइसकेका छन्।
अभिनेताका प्रवक्ताले यस घटनाबारेमा कुनै प्रतिक्रिया जनाएका छैनन्।
'ब्ल्याक हक डाउन', तथा 'पल हार्बर' जस्ता सिनेमाका लागि चर्चित साइजमोरमा यसअघि पनि विभिन्न गैरकानुनी विषयमा जोडिइसकेका छन्।
विगतमा पनि लागुऔषधसँग सम्बन्धित आरोपहरूमा गिरफ्तार भएका टम सन् २००३ मा बाल यौन दुराचारमा पनि मुछिइसकेका छन् भने गर्लफ्रेण्डमाथि हिंसा गरेको आरोप पनि लागिसकको छ।