'मिसन इम्पोसिबल-फलआउट'को अत्याधिक सफलताले यस फ्रान्चाइजका थप दुई सिनेमा आउने भएका छन्।
सन् १९९६ मा पहिलोपटक रिलिज भएको 'मिसन इम्पोसिबल'का सातौं र आठौं श्रृखंलामा टम क्रूज नै इथेन हन्टको भूमिकामा देखिने भएका छन्।
सिनेमा क्रमश: सन् २०२१ र २२ को गृष्ममा रिलिज गर्ने निर्माण कम्पनीको तयारी छ।
सिनेमालाई सन् २०१८ र २०१५ को फ्रान्चाइज निर्देशन गरेका क्रिष्टोफर म्याक्वायरले निर्देशन गर्नेछन्। सार्वजनिक भएको समाचारका अनुसार दुबै सिनेमालाई क्रमश: एकपछि अर्को गर्दै खिचिनेछ।
पछिल्लो 'मिसन इम्पोसिबल'ले विश्वव्यापीरूपमा ७९० मिलियन अमेरिकी डलर कमाइ गरेको थियो।