९१ औं एकेडेमी अवार्डमा चार विधाका पुरस्कार व्यापारिक विश्रामका बेलमा दिइने निर्णयको सामाजिक संजालमा आलोचना भएको छ। विशेषगरी सिनेक्षेत्रले यसको चर्को आलोचना गरेका छन्।
ओस्कारले वेस्ट सिनेम्याटोग्राफीसहित 'सम्पादन, लाइभ एक्सन सट तथा मेकअप एवम हेयरस्टाइलिङ विधालाई व्यापारिक विश्रामका बेला अवार्ड दिने निर्णय गरेपछि यसको आलोचना सुरू भएको हो। यी विधामा विजेताको विजयी सम्वोधन पनि सम्पादन गरिने ओस्कारले जनाएको छ।
यसमा हलिउडका चर्चित निर्देशक गुइलेरमो डेल तोरोले विशेष आलोचना गरेका छन्।
गत वर्ष 'द सेप अप वाटर'का लागि निर्देशनतर्फको ओस्कार जितेका देल तोरोले 'यदि म भएको भए ओस्कारमा यस्तो सल्लाह दिने थिइन जबकी सिनेम्याटोग्राफी तथा सम्पादन सिनेमाका एकदम महत्वपूर्ण विधा हुन्। ती सिनेमा कुनै प्रदर्शकिय परम्परा तथा साहित्यिक परम्पराबाट नभइ मात्र विशुद्ध सिनेमाबाट आएका हुन्।
देल तोरोको ट्वीटलाई उनका मेक्सिकन समकालिन अलफान्सो कुरानले रिट्विट गरेका छन्।
यसका अलावा व्यक्तिगत ट्वीट गर्दै उनले ' सिनेमाको इतिहासमा ध्वनि, कलर, कथा, कलाकार तथा संगीत बिना उत्कृष्ट सिनेमाहरू अस्तित्वमा रहे। तर, सिनेम्याटोग्रापी तथा सम्पादन बिना कुनै एउटा सिनेमाको अस्तित्व बनेको छैन' लेखेका छन्।
यसैगरी 'जुनो' तथा ' अप इन द इयर' सिनेमाका निर्देशकले 'संपादन सिनेमा निर्माण हो। होइन भन त ओस्कार?' भनेर ट्वीट गरेका छन् भने मेक्सिकन निर्देशक तथा लेखक इसा लोपेजले एकेडेमी अवार्ड्सको प्रमुख काम भनेको सिनेमामा काम गर्ने प्रतिभाहरूको पहिचान र सिनेमा बनाउन उनीहरूले गरेको योगदानलाई देखाउनमा हुनुपर्ने बताइन्।
ओस्कार कार्यक्रमलाई ३ घण्टामा सिमित गर्ने योजना अन्तरगत यो निर्णय भएको बताइएको छ। आफ्नो निर्णयबाट वेखुशी भएकाहरूलाई ओस्कारले रिपिट टेलिकास्टका बेला ती छुटेका कुराहरू हेर्न पाइने भनेर थुमथुमाउने प्रयास गरेको छ।