सिनेम्याटोग्राफी तथा सम्पादनसहितका चार विधालाई लाईभ कार्यक्रमका दौरानको व्यापारिक विश्रामका बेलामा अवार्ड दिने निर्णय गरेको एकेडेमी अवार्डस आफ्नो पूर्व निर्णयबाट फिर्ता भएको छ।
ओस्कारको सो निर्णयको थुप्रै ओस्कार विजेता कलाकार निर्देशक, निर्माता तथा सिनेमा प्रशंसकले चर्को आलोचना गरेका थिए।
ओस्कारले अब २४ वटा विधाको अवार्ड प्रत्यक्ष प्रसारण गर्ने जानकारी ट्वीटरमार्फत दिएको छ। यस वर्षको अस्कार अवार्ड समारोह २४ फरवरीमा हुँदैछ।
ओस्कारले सिनेम्याटोग्राफी, सम्पादन, मेकअप तथा हेयर स्टाइलिङ र लाइभ-एक्सन सटलाई प्रत्यक्ष प्रसारणमा अवार्ड दिएको नदेखाउने तथा विजयी सम्बोधन पनि काट्ने जनाएको थियो।
ओस्कारको सो कटौतीको 'रोमा'का निर्देशक अलफान्सो कउरोन,'ब्ल्याकक्लान्स्म्यान' स्पाइक लिले चर्को आलोचना गरेका थिए। यस्तै अमेरिकन सोसायटीको अमेरिकन सिनेम्याटोग्राफरले बुधबार एकेडेमी अवार्डसलाई खुल्ला पत्र लेखेको थियो। सो पत्रमा मार्टिन स्करसिस, ब्राड पिड आदिले हस्ताक्षर गरेका थिए।