ओस्कार हलिउडसहित संमग्र विश्व सिनेमाको एउटा ठूलो आकर्षण हो। ओस्कारले सिनेमाको विशिष्ट कामलाई सँदैव सम्मान गर्दै आएको छ। यसका बाबजुत पनि ओस्कारमा केहि ठूला नामहरू आजसम्म नअटाएका पनि छन्। यी ठूला नामहरूका काम पनि उत्तिकै ठूला छन्, जसलाई ओस्कार नपाउने अभागीका रूपमा चित्रित गर्ने गरिन्छ। 'द रेभनेन्ट'बाट ओस्कार नजित्दासम्म लियोनार्डो दि क्याप्रियो पनि यस्तै अभिनेताहरूको सूचिमा पर्थे। यसबाट उनले हाल मुक्ति पाइसकेका छन् तर ओस्कारमा यस्ता केहि नामहरू विगतमा पनि छुटेका छन् र हाल पनि छुट्दै आएका छन्। त्यस्तै दश नामहरू निम्न प्रकार रहेका छन्:
(नोट: यो सूचिमा ती कलाकारको नाम समावेश गरिएको जो जेका लागि प्रशिद्ध थिए । यहाँ अभिनय बाहेका विधामा जितेको ओस्कारलाई मान्य गरिएको छैन्।)
चार्ली च्यापलिन:
चार्ली च्याप्लिनको परिचयका लागि नाम नै काफी छ। उनी कुशल निर्देशक र कलाकार भएकोमा दुई मत कहिल्यै रहेन तर उनले जीवनमा कहिल्यै ओस्कार पाएनन्। जीवित छँदा कहिल्यै ओस्कार नपाएका उनले सम्मानार्थ दुई ओस्कार भने पाएका छन् तर आजसम्म पनि उनी आफ्नो कामका लागि ओस्कार सम्मान नपाएका एक 'लिजेन्ड' कलाकारको उदाहरणमा पर्छन्। उनी निर्देशित ' द ग्रेट डिक्टेटर'बाट वेस्ट एक्टर र वेस्ट निर्देशक विधामा एकपटक ओस्कारको मनोनयनमा भने परेका थिए।
अल्फ्रेड हिचकक:
मान्नुस या नमान्नुस यी निर्देशकले हामीलाई केहि सर्वकालिन उत्कृष्ट थ्रिलर सिनेमाहरू दिएका छन्। उनले जत्ति सस्पेन्स थ्रिलर सिनेमामा काम त कुनै निर्देशकले गरेका छैनन् तर अफशोच यी महान निर्देशकले कहिल्यै ओस्कार जितेनन्। 'रियर विन्डो', 'रेबिका', 'साइको' आदि उनका महान क्लासिकहरू हुन्। यस्ता सिनेमाबाट आफ्नो विशिष्ट परिचय बनाएका यी निर्देशक ओस्कार जित्ने मामिलामा भने अभागी नै रहे। पाँचपटक मनोनयनमा परे पनि नतिजा कहिल्यै उनको पक्षमा गएन। आखिरमा उनी पनि ओस्कारको सम्मानार्थ अवार्डमै सिमित भए।
सर्जियो लियोनी:
स्प्यागेटी काउव्वाई सिनेमाका यी धुरन्धर सिनेमाका लागि जति प्रशंसित भएपनि ओस्कार कहिल्यै उनको हात परेन। वेस्टर्न जनराको सिनेमाको परिभाषामा क्रान्ति ल्याएका यी निर्देशक 'फर अ फिउ डलरस मोर', 'द गुड द ब्याड एण्ड द अग्ली' तथा 'अ फिस्टफुल अफ डलर' जस्ता सर्वाकालिन वेस्टर् क्लासिक सिनेमाका जन्मदाता दर्शकमाझ सर्वप्रिय भए पनि ओस्कारको मामिलामा अभागी भए। जित्ने त परै जाओस उनी ओस्कारको मनोनयनमा समेत कहिल्यै अटाएनन्।
क्लाइन्ट इस्टउड:
यो सूचिमा क्लाइन्ट इस्ट उडको नामले धेरैलाई आश्चर्यमा पार्न सक्छ। उनले समानार्थसहित चार ओस्कार जितेका छन्। अभिनेताको रूपमा ज्यादा चर्चित उडले त्यसका लागि भने कहिल्यै ओस्कार पाएनन्, यध्यपी 'अनफरगिभन', तथा 'मिलियन डलर बेबी'का लागि दुई पटक भने मनोनयनमा परेका छन्। काउव्वाइ सिनेमालाई कल्टको दर्जामा पुर्याउन ठूलो योगदान दिए पनि अभिनेताका रूपमा ओस्कार नजित्नुलाई एउटा दुखद घटना नै मान्नुपर्छ। उनले वेस्ट डाइरेक्टर र बेस्ट फिल्मका लागिमात्र ओस्कार जितेका छन्।
जोनी डिप:
डिप समकालिन हलिउड सिनेमाका राम्रा अभिनेतामा पर्छन् तर उनको हातमा आजसम्म ओस्कारको उत्कृष्ट अभिनेताको अवार्ड परेको छैन। उनले समिक्षकियरूपमा पाएको प्रशंसा एकदमै धेरै छ तर अभिनयमा ओस्कारबिहिन नै छन्।
पिटर ओ टोले
पिटरलाई सर्वकालिन अभिनेताहरूको सूचिमा राखिन्छ। 'लरेन्स अफ अरेबिया' सिनेमामा उनले गरेको कामलाई अभिनयको 'मास्टर क्लास' भनिन्छ। यस्तो भनिए पनि ओस्कार उनको नाममा कहिल्यै भएन। उनी ८-८ पटक मनोनयनमा नपरेका पनि होइन तर अफसोच अवार्ड आठै मौकामा उनको पक्षमा उभिएन। त्यसको क्षतिपूर्ति सम्मानार्थ ओस्कारबाट पूर्ति गर्ने प्रयास गरियो।
रिचार्ड बर्टन:
सन् ५० देखी ७० को दशकमा रिचार्ड बटन सिनेमाका महानतम अदाकार मानिन्थे। उनी पनि ओस्कारको मामिलामा पछाडी नै परे। ६ पटक मनोनयनमा परे पनि उनले ओस्कार उचाल्न पाएनन्।
ग्लेन क्लोज:
सात पटक ओस्कारमा मनोनित भएर पनि एकपटक पनि ओस्कार नजित्ने अभिनेत्री हुन् ग्लेन क्लोज।
रोबर्ट डाउनी जुनियर:
दुई पटक ओस्कार मनोनयनमा परे पनि यी 'आइरनम्यान'ले हालसम्म ओस्कार नजित्नुलाई एउटा पृथक अवस्था नै मानिएको छ। व्यवसायिक र कलात्मक सिनेमा दुबैमा आफूलाई अब्बल बनाउने थोरै अभिनेतामा पर्ने रोबर्टका लागि ओस्कार फलामको च्यूरा सरह हुँदै आएको छ।
टम क्रुज:
मिसन इम्पोसिबल सिनेमा सिरिजका यि अभिनेताले धेरैपटक अभिनयका लागि मुक्रकण्ठले प्रशंसा पाउने गरेका छन्। 'वर्न अन द पोर्थ जुलाई', भ्यालक्आयर', 'म्यागोनोलिया' र 'जेरी मेग्वायर' जस्ता सिनेमामा उत्कृष्ट काम गरेका टम आजसम्म स्कारको मनोनयनमा परेका छैनन्।